संक्षिप्त परिचय

अत्तरिया नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चल, कैलाली जिल्लामा अवस्थित नगरपालिका हो । अत्तरिया सुदुर पश्चिमको मुख्य नाकाको रुपमा रहिआएको छ । महेन्द्र राजमार्ग सँगै जोडिएको अत्तरिया सुदुर पश्चिमको प्रबेशद्वार बन्न पुगेको छ । यसै बर्ष नेपाल सरकारले घोषणा गरेका ७२ ओटा नयाँ नगरपालिका मध्ये अत्तरिया पनि एक हो। मालाखेती, श्रीपूर, बेलादेवीपुर र गेटा गा.बि.स. लाई मिलाएर २०७१ जेठ ४ मा अत्तरिया नगरपालिका बन्न पुग्यो । यस नगरपालिकामा हाल १३ वटा वडाहरु रहेका छन् ।
प्रमुख स्कुलहरू:
श्री समैजी माध्यमिक विद्यालय (मजगाउँ)
होलिल्याण्ड हाईअर सेकेन्डरी स्कुल
जे के सेकेन्डरी स्कुल
ठेकराज माध्यमिक विद्यालय (घोडसुवा)
ग्लोवल एकेडेमी (घोडसुवा)
दुर्गा जोति बोर्डिङ स्कुल (स्याउले बजार)
घण्टेश्वरी माध्यमिक विद्यालय (अत्तरिया)
लोतस एकेडेमी
गुरास माध्यमिक विद्यालय
ईमानुयल एकेडेमी
गुह्यश्वरी माध्यमिक विद्यालय
सारदा माध्यमिक विद्यालय (श्रीपुर)
सिद्धबाबा माध्यमिक विद्यालय (गेटा)
प्रमुख क्याम्पसहरू:
दुर्गालक्ष्मी बहुमुखी क्याम्पस
सरस्वती ईन्टरनेशनल हाई स्कुल

अस्पतालहरू:
सेवानर्सिङ होम
पदमा अस्पताल
गेटा अाँखा अस्पताल
यातायात:
अत्तरिया सुदूरपश्चिम नेपालको प्रवेशद्वारको रूपमा रहेको छ | महेन्द्र राजमार्ग र महाकाली राजमार्ग दुबै अत्तरिया भएर गएका छन | यो काठमाडौबाट करिब ६०० कि.मी. टाढा, धनगढीबाट १५ कि.मी., महेन्द्रनगरबाट ४० कि.मी. र डडेल्धुराबाट १२० कि.मी. टाढा रहेको छ | बस, मुख्य यातायात साधनको रूपमा रहेको छ | म्याजिक गाडी, ट्याम्पो, ट्याक्सी, विद्युतिय अटो अादि स्थानीय यातायातकाे रूपमा सेवा दिदै अाइरहेका छन | नेपालको दोस्रो ठूलो एयरपोर्ट; धनगढी एयरपोर्ट अत्तरिया वाडा नं ११ मा अवस्थित छ | यति एयर, बुद्ध एयर र नेपाल एयरलाइन्सले काठमाडौबाट नियमित हवाई सेवा उपलब्ध गराइरहेका छन |

मिडिया (रेडियो) :
गोदावरी एफ एम : ८७.९ मेघाहर्ज
खप्तड एफ एम : ९८.२ मेघाहर्ज